विविध

नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रमण्डलसँग आज उहाँले दुई देशबीचको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गर्नुभएको हो । सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेदवारी दिएकाले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओलीसमक्ष भिसोकिन्सीले आग्रह गर्नुभएको थियो । उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक र सांस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभएको छ । “तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषद्मा छलफल गरेर निणर्य गर्नेछु”, प्रधानमन्त्री ओलीले भन्नुभयो । भेटमा रसियाका राजदूत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना पठाएको जानकारी दिनुभएको थियो ।