स्पोर्ट-मनोरञ्जन

मिस नेपाल झापा अडिसन अडिसन बिर्तामोडमा हुने

झापा, विर्तामोड । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा हुने छनौट कार्यक्रमका लागि मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ्ग शर्मा र अभिनेत्री आना शर्मा झापा आइपुगेका छन् । आइतबार भएको पत्रकार सम्मेलनमा कोरियोग्राफर गुरुङ्गंले यो बर्षको प्रतियोगितालाई भव्य बनाउने जानकारी दिनु भयो । झापाबाट धेरै प्रतियोगिलाई सहभागी गराउने उद्देश्यले आफू स्वयंम छनौटका लागि आएको उहाले बताउनु भयो । झापामा सोमबार र मंगलबार कलेज एक्जिबेशन सहितका कार्यक्रम राखिएको हिडन ट्रेजरका प्रदेश १ का संयोजक प्रणित पुडासैनीले जानकारी दिनु भयो ।