स्पोर्ट-मनोरञ्जन

बलिउड अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन

बलिउड, (मुम्बई) । अनुभवी बलिउड अभिनेता दिलीप कुमारको बुधवार बिहान ७.३० बजे ९८ वर्ष को उमेरमा निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनले अन्तिम सास लिएका हुन । उनको आज साँझ पाँच बजे जुहूको शवगृहमा अन्तिम संस्कार गरिनेछ । उनको शब यात्रामा सीमित संख्यामा व्यक्तिहरू समावेश हुने बाताईएकोछ ।

दिलीप कुमारको स्वास्थ्य लामो समयदेखि राम्रो थिएन । उनलाई धेरै पटक अस्पतालमा भर्ना गर्नुपरेको थियो । गत एक महिनामा उनि दुई पटक अस्पतालमा भर्ना भएका थिए । दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो ।

दिलीप कुमारले पाँच दशक लामो करियरमा लगभग ६० चलचित्रमा अभिनय गरेका थिए । उनले आफ्नो क्यारियरमा धेरै चलचित्रहरू अस्वीकार गरेका थिए । चलचित्रहरू कम तर उत्तम हुनुपर्दछ भन्नेमा उनको विश्वास रहेको थियो । यसभन्दा पहिले, कोरोनाका कारण उनका दुई भाईहरुको गत वर्ष ज्यान गएको थियो । २१ अगस्तमा ८८ बर्षे अस्लम र त्यसपछि सेप्टेम्बर २ मा ९० बर्ष उमेरका एहसानको मृत्यु भएको थियो । यस कारणले गर्दा सायरा बानो र दिलीप कुमारले ११ अक्टुबरमा पर्ने उनको ५४ औं विवाह वार्षिकोत्सव मनाएका थिएनन् ।

दिलीप कुमार ११ डिसेम्बर १९२२ मा ब्रिटिश भारतको समयमा पेशावरमा (अहिले पाकिस्तानमा) जन्मेका थिए । उनले नासिकमा आफ्नो अध्ययन गरेका थिए । २२ वर्षको उमेरमा दिलीप कुमारले पहिलो १९४४ मा चलचित्र ज्वर भाटामा अभिनय गर्ने अवसर पाएका थिए ।

उनका केही हिट चलचित्रहरूमा ज्वार भाटा (१९४४), अन्दाज (१९४९), आन (१९५२), देवदास (१९५५), आजाद (१९५५), मुगले ए आजम (१९६०) समावेश छन् । त्यस्तै गंगा जमुना (१९६१), क्रान्ति (१९८१), कर्मा (१९८६) र सौदागर (१९९१) रहेका छन् ।

दिलिप कुमारले पाएका विभिन्न पुरस्कारहरु
१९९१ः पद्म भूषण
१९९४ः दादासाहेब फाल्के
२०१५ः पद्म विभूषण

१० फिल्म फेयर पुरस्कार जीते
१९५४ः सर्वश्रेष्ठ अभिनेता (दाग)
१९५६ः सर्वश्रेष्ठ अभिनेता (अंदाज)
१९५७ः सर्वश्रेष्ठ अभिनेता (देवदास)
१९५८ः सर्वश्रेष्ठ अभिनेता (नया दौड़)
१९६१ः सर्वश्रेष्ठ अभिनेता (कोहिनूर)
१९६५ः सर्वश्रेष्ठ अभिनेता (नेता)
१९६८ः सर्वश्रेष्ठ अभिनेता (राम और श्याम)
१९८३ ः सर्वश्रेष्ठ अभिनेता (शक्ति)
१९९४ः जीवनकाल उपलब्धि पुरस्कार
२००५ः विशेष पुरस्कार

राष्ट्रीय पुरस्कार
१९६१ः दोस्रो सर्वश्रेष्ठ फिचर फिल्म (गंगा जमुना)
१९९४ः (दादासाहेब फाल्के सम्मान)
२००६ः (विशेष जीवन समय उपलब्धि पुरस्कार)