नेपालका चीन बिज्ञ दिनेश खनाललाई नेपाल चीन मैत्री राजदूत घोषणाा

Post Views: 1
नेपालका चीन बिज्ञ दिनेश खनाललाई नेपाल चीन मैत्री राजदूत घोषणाा
ADVERTISEMENT

काठमाडौं, साउन २६ । चीन सरकारको छिङताव प्रान्तमा नेपालका चीन बिज्ञ दिनेश खनाललाई एक समारोहबीच चीन मैत्री राजदूत घोषणाा गरिएको छ । करिव तीन दशकदेखि नेपाल चीनको सम्बन्ध सुधार, मैत्री लगानी एवं दुईदेश बीचको आन्तिरक सम्बन्ध सुधार गर्न विशेष योगदान पुर्याउनु भएका खनाललाई चिनियाँ सरकारले सो पदको जिम्मेवारी दिएको हो । संघीय संरचना पश्चात् नेपालको प्रादेशिक सरकारहरूबीच मैत्री सम्बन्ध एव लगानी बढाउन समेत उल्लेखनिय योगदान पुर्याउँदै आईरहेका खनाललाई बुधबार विभिन्न राजदूत घोषणा गरिएको हो ।

बिगतमा चीनका लागि नेपाली राजदूतका रूपमा चर्चामा आएर पनि नियुक्ति नपाएका खनाललाई नयाँ सरकारले नया राजदूत नियुक्ति गरेको केही दिनमा नै नेपाल चीन मैत्री राजदूत घोषणा गरेको हो । राजदूत घोषणाका क्रममा बोल्नु हुँदै खनालले चिन र नेपालको सम्बन्ध प्रगाढ तथा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर सक्रिय रहेका साथै आगामी दिनमा उच्च सम्बन्ध कायम राख्न कुनै कसर बाँकी नराख्ने बताए ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT