विविध

लायन्स क्लब धुम्बराहीद्वारा बृद्धा आश्रमलाई खाद्यान्न सहयोग

काठमाडौं, असोज १ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफ अन्तगत लायन्स क्लब अफ धुम्बराहीले धुम्बराही लायन्स बृद्धा आश्रमलाई हङ्गर रिलिफ कार्य अन्र्तगत खाद्य सामाग्री सहयोग गरेको छ ।

धुम्बराअी क्लबका लायन्स सदस्यहरु र पीडिजी लायन मधुकर कुमार उपाध्याय लायन लिडर लायन बसंत कुमार थापा, लायन मोहन अर्याल सहितको उपस्थितिमा खाद्यान्न सामाग्र क्लबकी प्रसिडेन्ट लायन सोमा पन्तले हस्तानतर गरेकी हुन ।

उक्त कार्यक्रममा धुम्बराही क्लबका चार्टर प्रसिडेन्ट तथा जेष्ठ नागरिकका प्रमुख लायन धनराज भडेलले लायन लिडर बसंत कुमार थापाले लायन्स बृद्धा आश्रमलाई बिगतमा पु¥याएको सहयोगका लागि दोसल्ला ओडाएर सम्मान गर्दै धन्यबाद दिएका थिए ।