नेपाली हस्तकलाको विशाल प्रदर्शनी हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुने

Post Views: 1
नेपाली हस्तकलाको विशाल प्रदर्शनी हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुने
ADVERTISEMENT

काठमाडौं, असोज १४ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु¥याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् ।

यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए ।

उनले भने– नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पु¥याउने उद्देश्य हाम्रो हो । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ । एक्सपोमा सय भन्दा बढी स्टलहरु रहनेछन् ।
नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई

विश्वबजारमा सुलभ तरिकाले पु¥याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ । यो एक्सपो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४–६ मा लस एन्जलसमा आयोजना हुँदैछ । यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ ।

बिटुबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । विश्वका विभिन्न मुलुकबाट क्रेताहरू पनि व्यापार कक्षमा आउने गर्छन् । हिमालयन एक्स्पोको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी विश्वबजारमा चिनाउनु नै हो । एक्स्पोको उद्देश्य हस्तकलासँग सरोकार राख्नेका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु हो ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT