काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफ नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी चैत्र १६ गते गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंको ईन्द्रणि पार्टी प्यालेसमा आयोति कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन शंकर कुमार सारडाले आगामी चैत्र १६ गतेका लागि अफिसियल रुपमा कन्भेन्सन कल गरेकी हुन् । लियोको डिष्ट्रिक्ट कन्भेन्सन पनि उक्त दिन नै हुनेछ । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर सारडले कन्भेन्सनलाई सफल बनाउन सबै लायन्स लिडरका साथै सम्पूर्ण क्लबहरुका पदाधिकारीहरुलाई सक्रिय भएर लाग्न अनुरोध गरे ।
कार्यक्रममा उपस्थित पीएमसीसी मल्टिपल कन्भेन्सन चियरपर्सन लायन डा. डिआर खनाल, पीडिजी लायन शम्भू प्रसाद घिमिरे, पिडिजी लायन मधुकर उपाध्याय, आईपिडिजी लायन शिवकुमार कटवाल, पीडिजी लायन रुद्रहरी ज्ञावली, पीडिजी हरिशंकर निरौला लगायत अग्रज लायन्स लिडरहरुले कन्भेन्सनको सफलताका लागि शुभकामना दिएका थिए ।
डिष्ट्रिक्ट कन्भेन्सन व्यवस्थापनका डिष्ट्रिक्ट गभर्नरको प्रत्यक्ष निर्देशन र व्यवस्थापनमा परिचालित हुने गरी २३ वटा समिति बनाइएको छ । आवश्यकता अनुसार अन्य समिति बनाउने समेत जानकारी दिईएको छ । सबै समितिमा १२५ भन्दा बढी लायन्स लिडरहरु कन्भेन्सन सफल बनाउन सक्रिय हुनेछन् ।
कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ एफ नेपालका लायन्स लिडर र सदस्य गरी लगभग २ हजार जना लायन्सहरुको सहभागिता रहने अनुमान गरिएको छ । डिष्ट्रिक्ट ३२५ एफमा हाल ११० वटा क्लब र ३ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् । लायन्स क्लब भक्तपुर दिव्यश्वरी र लायन्स क्लब काठमाडौं कन्भेन्सन होस्ट क्लब रहेका छन् ।
आगामी जुलाई १ बाट हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन केशर बहादुर भण्डारीले गभर्नरको जिम्मेवारी सम्हाल्नेछन् । साथै कन्भेन्सनमा हालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन अजय खनाल फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा नयाँ नेतृत्व चयन गरिनेछ । क्याबिनेट सेक्रेटरी लायन परणिता बरालले कन्भेन्सन कल कार्यक्रम सञ्चालन गरेकी थिईन ।
Add Comment