डिष्ट्रिक्टमा सूचना अधिकारीको व्यावस्था हुनु पर्ने सुभाव सहित तेस्रो डिष्ट्रिक्ट गर्भनर एडभाजरी मीटिङ्ग सम्मपन्न

Post Views: 2
डिष्ट्रिक्टमा सूचना अधिकारीको व्यावस्था हुनु पर्ने सुभाव सहित तेस्रो डिष्ट्रिक्ट गर्भनर एडभाजरी मीटिङ्ग सम्मपन्न
ADVERTISEMENT

काठमाडौं । लायन्स अन्र्तराष्ट्रिय ३२५ एफ अन्र्तगत जोन XII को तेस्रो एडवाजरी मिटिङ्ग जोन चियर पर्सन लायन दामोदर प्रसाद दवाडिको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख अतिथिमा डिक्ष्ट्रिक्ट गर्भनर लायन शंकर कुमार सारदा, कलष्टर चिफ लायन लक्ष्मी महत, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेट्री लायन प्रणिता शर्मा बराल, डिष्ट्रिक्ट चिफ एडवाईजर मनोज कुमार सापकोटा र लायन लिडर इन्द्र बहादुर कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जोन अन्र्तगरत रहेका क्लब हरुले आ–आफ्ना क्लबको रिर्पोट प्रस्तुत गरेका थिए । रिपार्टीङ्गकै क्रमा लायन्स क्लब हलेसीका प्रसिडेण्टले लायन वर्ष २०२४/२०२५ मा एक सय जनालाई जोजकारी दिने लक्ष्य क्लबले राखेकोमा हाल सम्म ५८ जना बेरोजगारलाई विभिन्न कार्यालयहरुमा रोजगारी दिलाउन सफल भएको बताए ।

त्यस्तै लायन्स क्लब अफ नेपाल जर्नालिष्टका चार्टर प्रसिडेन्ट लायन योगेन्द्र प्रताप शाहीले डिष्टिक्ट ३२५ एफले आउने वर्ष देखि डिष्ट्रिक्टमा सूचना अधिकारीको व्यवस्था हुनु पर्ने सुझाव राख्दै नेपालको संविधानमा सरकारी गैर–सरकारी, अर्ध सरकारी लगायत प्रत्येक कार्यालयमा सूचना अधिकारीको व्यावस्था हुनु पर्ने उल्लेख भएको जानकारी समेत गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गदै डिष्ट्रिक्ट गर्भनर लायन शारदाले हलेसी क्लबले बेरोजगारलाई रोजगारको व्यावस्था गर्दै आएको कार्यको सराहना गर्दै लायन्सले रोजगारको व्यावस्था गर्ने कार्य लायन्समा नया आयाम थपिएको बताए साथै डिष्ट्रिक्टमा सूचना अधिकारीको व्यावस्था हुनु पर्ने सुझावमा गर्भनरले आउने २०२५/२०२६ को क्याबिनेट बैठकमा उक्त विषय राख्ने समेत बताए ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT