दिल्ली । मई १० मा, कोहलीले बीसीसीआईलाई आफू टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको थियो । मई ११ मा बोर्डका एक अधिकारीले पनि उनीसँग कुरा गरेका थिए । डिसेम्बर/जनवरीमा अष्ट्रेलियामा भएको बोर्डर–गावस्कर शृङ्खलामा विराटको प्रदर्शन राम्रो थिएन । यस शृङ्खलामा उनले २३.७५ को औसतमा रन बनाएका थिए । ८ मध्ये ७ पटक उनी अफ स्टम्प बाहिरको बलमा आउट भएका थिए । कोहलीले बीजीटीमा ९ इनिङमा १९० रन बनाएका थिए । यसमा एक शतक समावेश थियो ।
विराट कोहलीले १२३ टेस्ट खेल खेलेका छन् । उनले ३० शतक र ३१ अर्धशतक बनाएका छन् । विराटले ७ दोहोरो शतक बनाएका छन् । उनलाई २०१७ र २०१८ मा वर्षको उत्कृष्ट टेस्ट खेलाडी घोषित गरिएको थियो । इन्स्टाग्राममा सन्यासको घोषणा गर्दै विराटले लेखेका छन्, ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिएँ । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित ग¥यो, र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देखिदैनन्, तर ती सधैंभरि तपाईंसँगै रहन्छन् ।
म यो ढाँचाबाट टाढा जाँदै गर्दा, यो सजिलो छैन, तर अहिले यो सही लाग्छ । मैले यसमा मेरो सबैथोक दिएको छु र यसले मलाई अपेक्षा गरेको भन्दा बढी दिएको छ । म खेलको लागि, मैदानमा रहेका मानिसहरूको लागि र यो यात्रामा मलाई साथ दिने सबैको लागि आभारी छु । म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु । उनले आफ्नो जर्सी नम्बर ’२६९’ लेखे र ’साइन अफ’ लेखे ।
बीसीसीआईले विराट कोहलीलाई धन्यवाद लेख्दै बोर्डले लखेको छ – टेस्ट क्रिकेटमा एउटा युग समाप्त भएको छ, तर विरासत जारी रहनेछ । उनले टिम इन्डियामा पु¥याएको योगदान सधैं सम्झिनेछ । त्येस्तै सबैभन्दा मिल्ने साथी डिभिलियर्सले भनेका छन्– दक्षिण अफ्रिकी पूर्व कप्तान एबी डिभिलियर्सले आफ्नो सन्यासको समयमा विराट कोहलीलाई एक साँचो किंवदन्ती भनेका छन् । एबीडीले भने कि कोहलीको सीपले सधैं प्रेरणा दिएको छ । उनले कोहलीलाई मायाले बिस्कुटी भनेर बोलाए । यो इटालियन शब्दको अर्थ बिस्कुट हो ।
त्येस्तै टिम ईन्डियाका कप्तान हिटम्यान रोहित शर्माले यस अघि नै टेस्टबाट सन्यासको घोषणा गरिसकेका छन् ।
Add Comment