काठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट(प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । चार दशकदेखि नेपाली संगीतमा एकछत्र राज गर्दै आएको यस कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा यो अत्याधुनिक स्टुडियो निर्माण गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, विरष्ठि कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि र म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा उपस्थितिमा शुक्रबार ‘म्युजिक नेपाल अडियो भिजुअल’ को औपचारिक शुभारम्भ गरियो । विशिष्ट अतिथि कालाकारद्वय श्रेष्ठ र आचार्यले पानसमा दीप प्रज्ज्वलन गरेर यो ‘डल्बी एट्मस’ स्टुडियोको औपचारिक शुभारम्भ गरिएको थियो ।
आज शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो । डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो । नेपालमा भने पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो ।यस स्टुडियोको सबैभन्दा ठूलो विशेषता यसको ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो । ३२.१ भन्नाले सिस्टममा प्रयोग भएको स्पिकर च्यानलको संख्या जनाउँछ अर्थात् ३२ वटा स्पिकर च्यानल १ सबवुफर (LFE) च्यानल ।

साधारणतया ५.१ वा ७.१ साउन्ड सिस्टममा आवाज वरिपरिबाट मात्र आउँछ भने ३२.१ डल्बी एट्मस प्रविधिले दर्शकलाई आवाजको बीचमा भएको महसुस गराउँछ । यसमा ३२ वटा विभिन्न च्यानल र शक्तिशाली सब(वूफरमार्फत ध्वनिलाई थ्री(डीु प्रभाव दिइन्छ । यसले आवाजलाई छतमाथिबाट, अगाडि(पछाडि, दायाँ(बायाँ, वरिपरि घुम्न दिइन्छ । फिल्म हेर्दा वर्षा भएको, चरा उडेको वा हेलिकप्टर थुप्रै दिशाबाट आएको अनुभव वास्तविक जस्तै हुन्छ ।
यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो । डल्बीबाट सर्टिफाइड यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा उत्कृष्ट स्टुडियोमध्ये एकमा पर्दछ । जसले हलिउड र बलिउडका ठूला फिल्मको जस्तै इमर्सिभु अनुभव नेपाली दर्शकलाई दिनेछ ।
यो स्टुडियोको सेटअपका लागि बलिउडका दिग्गज साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौं आएका थिए । दमन सुद ती व्यक्तित्व हुन्, जसले यश चोपडा, करण जोहर र सञ्जयलीला भन्सालीका फिल्ममा जादुमयी ध्वनि भरेका छन् ।
सुदले भने, यो स्टुडियो उपकरणको थुप्रो मात्र होइन, यो फ्युचरिस्टिक छ । अबको १० वर्षलाई लक्षित गरी बनाइएको यो स्टुडियोले नेपाली फिल्मलाई अस्कर र संगीतलाई ग्रामी अवार्डसम्म पुर्याउने क्षमता राख्छ । हिमालका नाममा स्टुडियोका कक्षहरू, स्टुडियोलाई नेपाली मौलिकता दिनका लागि यसका विभिन्न कक्षहरूको नाम ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल र राष्ट्रिय चराको नामबाट राखिएको छ ।

सगरमाथा कक्ष : डल्बी एट्मस मिक्सिङ
मनास्लु कक्ष : बहुउद्देश्यीय कोठा
अन्नपूर्ण र ल्होत्से : एडिटिङ र मिक्सिङ स्विट
धौलागिरी : रेकर्डिङ र कन्ट्रोल रुम
डाँफे : डीआई (Digital Intermediary) रुम
फिल्मकर्मीलाई सुवर्ण अवसर : ५० प्रतिशतसम्म छुट
नेपाली फिल्मको कमजोर मानिने ‘साउन्ड’ पक्षलाई सुधार्न म्युजिक नेपालले फिल्मकर्मीलाई विशेष सहुलियतको समेत घोषणा गरेको छ । म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, स्टुडियो बुकिङ गर्ने पहिलो ३ ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ । त्यस्तै, जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
नेपाली फिल्ममा जुन लेभलको ध्वनि प्रभाव हुनुपर्ने हो, त्यो नभएको महसुस गरेर हामीले यो जोखिम मोलेका हौं शर्माले भने, डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको ध्वनिको गुणस्तर बराबर हुनेछ । डल्बीद्वारा मान्यताप्राप्त स्टुडियो भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरमा ध्वनिको गुणस्तर पाइने उनले बताए । ‘डल्बीको लागि यहाँ र हलिउडको साउन्डको लेभल बराबर हुनुपर्छ’ उनले गुणस्तरबारे भने, ‘डल्बीले सर्टिफाइड गरिसक्यो, यो ठूलो उपलिब्ध हो ।’ स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ स्टुडियो, प्रि-मिक्सका सबै कार्य हुने जनाइएको छ । ‘फिल्मका सबै पोस्ट-प्रोडक्सन कार्य यहाँ हुन्छ । सुटिङ गरेर आएपछिका सबै काम हुन्छ’ म्युजिक नेपालका प्रमुख शर्माले भने ।
उपकरण मात्र नभई दक्ष प्राविधिक तयार पार्न डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरहरूलाई विशेष तालिम समेत दिइसकेका छन् । यसले गर्दा आगामी दिनमा नेपाली फिल्मको पोस्ट(प्रोडक्सनका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

भरत रेड्डीको नाम थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिकजस्ता चर्चित चलचित्रहरूसँग जोडिएको छ । उनी डल्बी सर्टिफाइड ट्रेनर हुन् ।








Add Comment