काठमाडौं । स्वास्थ्य, सम्पदा र सामुदायिक एकतालाई खेलकुदसँग जोड्ने उद्देश्यसहित ‘आठौँ स्वयम्भू रन–२०२७’ आगामी २०८३ पुस २५ गते शनिबार (९ जनवरी २०२७) स्वयम्भू भगवानपाउमा आयोजना हुने भएको छ।
स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर र eHeraldPost.com को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन लाया मिडिया प्रा.लि.ले गर्नेछ। ‘Run for Heritage • Health • Community’ भन्ने नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई खेलकुदसँग जोड्दै स्वास्थ्य र पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकता दिएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहका महिला तथा पुरुष, विद्यार्थी र भेट्रान्स धावकहरूको सहभागिता रहनेछ। प्रतियोगिता ४.६ किलोमिटर र २.८ किलोमिटर गरी दुई दूरीमा सञ्चालन हुनेछ। खुला महिला तथा पुरुष, १५ वर्षमुनिका छात्र तथा छात्रा, ५० वर्षमाथिका पुरुष भेट्रान्स र ४० वर्षमाथिका महिला भेट्रान्स विधामा प्रतिस्पर्धा हुनेछ।
दर्ता गर्न (यहाँ क्लिक गर्नुहोस्)।
स्वयम्भूका सम्पदासँग जोडिँदै दौडको मार्ग
४.६ किलोमिटर दौड स्वयम्भू भगवानपाउबाट सुरु भई किमडोल, छाउनी अस्पताल, छाउनी चोक, सितापाइला, बुद्ध पार्क र बारुदखाना हुँदै पुनः स्वयम्भू भगवानपाउमा पुगेर सम्पन्न हुनेछ।
यस प्रतियोगितामार्फत बालबालिका तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने, विभिन्न उमेर समूहमा दौड संस्कृतिको विकास गर्ने र स्वयम्भू क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई थप परिचित गराउने लक्ष्य राखिएको छ।
प्रायोजन तथा सहकार्यका लागि अवसर
आठौँ स्वयम्भू रन–२०२७ मा बैंक तथा वित्तीय संस्था, निजी कम्पनी, व्यावसायिक प्रतिष्ठान, शैक्षिक संस्था र सामाजिक संघसंस्थाहरू प्रायोजक तथा सहयोगीका रूपमा जोडिन सक्नेछन्। प्रतियोगितामा आर्थिक सहयोग, आवश्यक सामग्री तथा संस्थागत सहकार्यका विभिन्न माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था रहेको छ।
कार्यक्रममा सहभागी हुने प्रायोजक तथा सहयोगी संस्थाको नाम उद्घोषणमार्फत सार्वजनिक गरिनुका साथै सहकार्यको प्रकृतिअनुसार प्रचारप्रसार तथा प्रवर्द्धनमा समेत समावेश गरिनेछ। यसले संस्थाहरूलाई खेलकुद, स्वास्थ्य, सम्पदा संरक्षण र सामुदायिक गतिविधिमा आफ्नो सामाजिक योगदान प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
प्रायोजन तथा सहकार्यसम्बन्धी थप जानकारीका लागि ९८०८७२६६७१ र ९८०३८४३०७२ मा सम्पर्क गर्न सकिनेछ। साथै, [email protected] मा इमेलमार्फत पनि जानकारी लिन सकिनेछ।
प्रतियोगिताको मुख्य विवरण
- कार्यक्रम : आठौँ स्वयम्भू रन–२०२७
- मिति : २०८३ पुस २५ गते, शनिबार
- अंग्रेजी मिति : ९ जनवरी २०२७
- स्थान : स्वयम्भू भगवानपाउ, काठमाडौं
- दौड दूरी : ४.६ किलोमिटर र २.८ किलोमिटर
- आयोजक : स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर र eHeraldPost.com
- व्यवस्थापन : लाया मिडिया प्रा.लि.
- सम्पर्क : ९८०८७२६६७१ / ९८०३८४३०७२
- इमेल : [email protected]प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले तल दिइएको लिंकमा क्लिक गरी अनलाइन दर्ता गर्न सक्नुहुनेछ।
- https://docs.google.com/forms/d/e/1FAIpQLSesMmTFJN8lDXY0OdNQJmO4QlSGNW9f5HpkVin2XV59mK_J0w/viewform?usp=header
