काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।

काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए भने दुशन हेमान्थाले २१ रनको योगदान दिए। सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए। फाबियन एलेन, हेमन्त धामी र स्कट कुगेलेनले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए।

२.३ ओभरमा ८ रन जोड्दा ४ विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई दीपेन्द्र र आरिफ शेखले सम्हालेका थिए। आरिफले १६ रन बनाएर आउट भए भने थरिन्दु रत्नायाके २६ रनमा अविजित रहे।

काठमाडौंका बलर जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे।

यस जितसँगै ७ खेलबाट १० अंक जोडेको सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। काठमाडौं गोर्खाज भने ६ खेलबाट ८ अंकसहित अंकतालिकामा रहेको छ।

यसअघि लुम्बिनी लायन्सले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply