नेप्सेमा ६.४४ अंकको गिरावट, कारोबार रकम ३ अर्ब माथि

नेप्सेमा ६.४४ अंकको गिरावट, कारोबार रकम ३ अर्ब माथि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८.७७ विन्दुमा पुगेर रोकिएको छ।

आज ३३५ कम्पनीका ७८ लाख ४४ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैंक, होटल, हाइड्रोपावर र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहका शेयर मूल्य घटेका छन्।

आज सबैभन्दा बढी स्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य ७.५६ प्रतिशतले बढेको छ भने साम्लिङ पावरको शेयर मूल्य ५.८७ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा बढी ९.५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको करिब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, स्वेत गंगा हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply