अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ९८ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो

अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ९८ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा रहेको छ भने सिंगापुर डलरको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, यूएई दिरामको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ तथा मलेसियन रिंगिटको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा तोकिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ ९ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा तथा बहराइन दिनारको खरिददर ३९७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २० पैसा रहेको छ।

ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमयदर भने फरक हुन सक्नेछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply