डलरको मूल्य १४९ रुपैयाँ २१ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर पनि सार्वजनिक

डलरको मूल्य १४९ रुपैयाँ २१ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर पनि सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा कायम भएको छ।

युरोपियन युरोको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा तोकिएको छ।

त्यस्तै स्विस फ्र्याङ्कको खरिददर १७७ रुपैयाँ २२ पैसा, बिक्रीदर १७७ रुपैयाँ ९३ पैसा तथा अस्ट्रेलियन डलरको खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा रहेको छ। क्यानाडियन डलर १०४ रुपैयाँ २२ पैसामा खरिद र १०४ रुपैयाँ ६४ पैसामा बिक्री हुने दर निर्धारण गरिएको छ।

सिंगापुर डलरको खरिददर ११५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा कायम भएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा रहेको छ।

साउदी रियालको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा तथा कतारी रियालको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा रहेको छ। यूएई दिराम ४० रुपैयाँ ६३ पैसामा खरिद र ४० रुपैयाँ ७९ पैसामा बिक्री हुने गरी दर तोकिएको छ।

मलेसियन रिङ्गिटको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा रहेको छ।

त्यसैगरी कुवेती दिनारको खरिददर ४८३ रुपैयाँ ४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा, बहराइन दिनारको खरिददर ३९५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा तथा ओमानी रियालको खरिददर ३८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले बैंकअनुसार खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुन सक्ने जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply