काठमाडौं । नेपाली बजारमा आज (मंसिर ३ गते, बिहीबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।