काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा किनबेच भएको थियो।
सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेसँगै आज बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्ताले थप रकम खर्चिनुपर्ने भएको छ।