काठमाडौं ४ चैत्र । सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पर्न गरी नेपाल एयरलाइन्सको विमान वाट स्वदेश फर्केका छन । उनीहरुले भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक सामजीक विषयमा वुझ्ने मौका प्रदान गरेका वताउछीन विजेता काजोल , त्यस्तै गरि उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको पनि अवलोकन गराएको थियो भने विभिन्न सहरहरुको अवलोकन साथै मनजोरन्जन पनि लिइ भरपुर रमाइलो गरेको वताउछिन फष्ट रनरअप सोफीया श्रेष्ठ । अस्मी गौतम लाई सवैभन्दा रमाइलो सफारी पार्कमा भएको वताउछिन उक्त र्पाकमा विभिन्न जंगली जनावर वाघ भालु हरिण जिराफ उट गैडा लगयात विभिन्न प्रजातीका चराहरु साथै डल्फीन सोे, चिम्पान्जीको खेलहरु अवलोकन गर्न पाउदै साहै खुसी लागेको कुरा व्यक्त गरिन । पहिलो चोटी नेपालमानै यसरी सौन्दर्य प्रतियोगीतामा सहभागी भएर विजेताहरुलाई विदेश भ्रमणको अवसर प्रदना गर्ने सिजन मिडियालाई धन्यवाद पनि दिन चाहँनछीन उनी । नेपालमा यस्तो विजेताहरुलाई विदेश भ्रमणको उपहार स्वरुप अवसर प्रदान गरेको पहिलो संस्थाहो भन्छन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त ।आगामी दिनमा आयोजना गर्ने कार्यक्रम सहभागी भएर विजेता हुनेहरुलाई एसियाका विभिन्न देशहरुको भ्रमणको अवसर प्रदान गर्ने वताउछन वन्त ।
Add Comment