स्पोर्ट-मनोरञ्जन

बयालीसौँ राखेप च्याम्पियन एथलेटिक्स जारी

इटहरी, २४ पुस । जारी प्रतियोगितामा नेपाल प्रहरीले एक स्वर्ण र दुई रजत तथा सशस्त्र प्रहरीका विभागीय टनेलीले एक रजत र तीन कास्य पदक प्राप्त गरेको छ । एथलेटिक्स खेलका जारी रहेको छ । आज सम्पन्न भएको खेलअन्तर्गतको ११० मिटर पुरुष हडल्सतर्फको खेलमा नेपाल आर्मीका राकप्रसाद थारुले स्वर्ण पदक प्राप्त गरेका छन् भने नेपाल प्रहरीका चन्द्रदेव जोशीले रजत र नेपाल आर्मीका नीरबहादुर चौधरीले कास्य पदक प्राप्त गरेका छन् । यसैगरी आजै सम्पन्न भएको महिला डिसकस थ्रो खेलअन्तर्गत भएको प्रतिस्पर्धामा नेपाल आर्मीकी अमृता महतोले स्वर्ण, नेपाल पुलिसकी हिरा चौधरीले रजत र सशस्त्र प्रहरीकी जीतकुमारी महतोले कास्य पदक जित्नुभएको छ ।
त्यस्तै पुरुष डिसकसतर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका पुष्कल खड्काले स्वर्ण नेपाल आर्मीका विनोद राईले रजत र सशस्त्र प्रहरीका प्रेम हुचिङले कास्य पदक प्राप्त गर्नुभएको छ । आजै भएको १५ सय मिटर लामो दूरीको पुरुष तर्फको दौडमा नेपाल आर्मीका उमेश मस्र्याङ्दी मगरले स्वर्ण पदक हात पारेका छन् भने सशस्त्र प्रहरीका अजितकुमार यादवले रजत र नेपाल आर्मीका रामजी बस्नेतले कास्य पदक जित्नुभएको छ ।