स्पोर्ट-मनोरञ्जन

युवास्काउट लिडर पाण्डेले सगरमाथाको आरोहणगर्ने

काठमाडौं, २७ चैत्र । एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोर किशोरीको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । युवा परिषद र नेपाल स्काउटले सगरमाथा आरोहणमा जानलागेका युवा स्काउट लिडर पाण्डेलाई बिदाई गरेको छ । नेपाल स्काउटमा मंगलबार आयोजितकार्यक्रममा ३ नं. प्रदेशका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलका साथै राष्ट्रिय युवा परिषदर नेपाल स्काउटका पदाधीकारीले पाण्डेलाई विदाई गरेकाहुन् ।
कार्यक्रममा मन्त्री ढुंगेलले सफलताको शुभकामना दिँदै स्काउट लिडर पाण्डे सगरमाथा आरोहणमा सफलभए विश्व स्काउट र राष्ट्रिय युवा परिषदको गरिमा अझ बढ्ने बताए । उनले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको बताए ।
पाण्डेले आफु बालअधिकारका लागि सगरमाथा आरोहणमा जानलागेको जानकारी दिए । उनले जोखिममा रहेका बालबालिकाहरुको हितमा कामगर्न आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले सगरमाथा आरोहणमा करिव ४५ लाखखर्च लाग्ने र उठेको रकममध्ये १० प्रतिशतबालबालिकाको वृत्तिविकासमा खर्च गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले परिषदको लोगो हस्तान्तरण गर्दै पाण्डेको सगरमाथा आरोहणले देशका सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गरेको बताए ।
रामेछाप निवासी पाण्डेले पहिलो पटक चार सहिदको तस्विर सहितयुवा परिषदको लोगो, रामेछाप जिल्लाको नक्सा,ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीक चिह्न,नेपाल स्काउट र विश्व स्काउटको झण्डा सगरमाथामा पु¥याउने भएका छन् । सगरमाथाआरोहणकालागी पाण्डे सहितआठ जनाचैत्र २८ गते सोलुखुम्बु जिल्लाको लुक्लाजाने कार्यक्रमरहेको छ ।