काठमाडौं २२ माघ । राजधानीबाट ३६ किमि र धादिङवेसी सदरमुकामबाट दक्षिण पुर्वमा समुद्र सतहबाट ५८० मि देखी १४४३ मिटरको उँचाईमा अवस्थित गाविस हो गोगनपानी । दक्षिणमा भुमेस्थान गाविस,दक्षिण पश्चिममा वैरेनी र कल्लेरी गाविस उतरमा नुवाकोटको दुईपिपल गाविस तथा दक्षिण पुर्वमा थाक्रे गाविससंग सिमाना जोडिएको गोगनपानीको दृष्यावलोकन जनि मनमोहक छ त्यतिनै त्यस गावीस हाल रूपान्तरित थाक्रे गाउँपालिका वडा न। ११ का चेपाङग जाती र चेपाङबस्तीको दुर्रदशा ह्दय विदारक रहेको छ ।
२०६८ को जनगणना अनुसार जनसंख्या ३३ हजार ७ सय ९० रहेको यस गाउपालिकामा करिव ४० घरधुरीमा छरिएर रहेका चेपाङ र यिनिहरुका वालबच्चाको दिनचर्या हेर्ने हो भने जो कसैको पनि आँखा स्वाभाविकरुपमा रसाउँछ । त्यसो त जङ्गल र जमिनसँग निकटता रहेको यस जातीको बस्ती पनि जङ्गल नजिक, भिरालो परेको जमीन नजिक छरिएर रहेको पाइन्छ भने घरहरू पनि सामान्य ढुङ्गा र माटो खर र सेउलाले बेरेर बनाइएको पाइन्छ ।
खानेपानी, शिक्षा, खाद्य अधिकार, स्वास्थ्यलगायत यावत सुविधाबाट आशातित रुपमा बन्चित यस गाउँपालिकाका चेपाङ समुदाय महाभूकम्को सयम पछि झन प्रताडित बन्दै आएका छन । यसमध्ये चेपाङ मसुदायका सन्तानहरु विद्यालय जान मन गरेपनि उनिहरुका अविभावकको न्यून आयस्तर भएका कारण अभिभावक स्वयमनै वालबच्चालाइ शिक्षा आर्जनका लागि विद्यालय पठाउन जागरुक देखिदैन । यद्यपी चेपाङ जातीलाइ लक्षित गर्दै थाक्रे गाउँपालिका वडा न ११ मा हिमालचुली आधारभूत विद्यालय सञ्चालमा ल्याउनुको अलावा विद्यालयमा अध्यनका लागि ५५ जना चेपाङ जातीको वालबच्चाको नाम पनि रजिष्टर्ड गरिएको छ ।
तर नियमित विद्यालय आउँने विद्यार्थी भने मुस्किलले २५ जना अध्यननका लागि विद्यालयमा आउने गरेको विगत ९ वर्ष यता देखि विद्यालयमा अध्यन गराउँदै हाल प्रधानअध्यापको समेत जिम्मेवारी सम्हाल्दै आएका शिक्षिका इन्दिरा अधिकारीले बताइन । साथै प्रअ अधिकारीले विधार्थीहरु नियति विद्यालय आओस भन्ने लक्ष्यले केहि संघ सस्थाको सहयोगमा खाजाको व्यवस्था समेत गरेका छन यद्यपी विधार्थी भने इरेगुलर हुनु दुखद पक्ष भएको उहाँले बताए । साथै विद्यालय आएर पढेपनि २र ३ कक्षा पढ्दै गरेको अवस्थामा विवाहवारी गर्ने नियति यस समुदायको रहेको जानकारी समेत दिइन ।
धाडिङ जिल्ला शिक्षा कार्यालयको सहयोगमा भूकम्पपछि प्राप्त रु २० लाख अनुदानबाट विद्यालयको अस्थायी भवन निर्माणका साथै १ जना राज्य स्रोतबाट र ३ जना आन्तरिक स्रोतबाट सेवा सुविधा दिनेगरि ४ जना शिक्षक कार्यरत रहेको यस विद्यालयमा थप भौतिक पूर्वाधारको खासै कुनै न्यायोचित व्यवस्था हुन सकेको छैन । यी र यस्ता समस्या विद्यालयले व्यहोनु परेको अवस्था रहेको छ ।
अध्यनका लागि बढि भन्दा बढि विधार्थी विद्यालय आवोस भन्दै विगत २ वर्ष यतादेखि समाजसेवी किरण कार्जितको समन्वयमा विधार्थी र तिनका अभिभावक समेतलाइ लक्षित गर्दै सहयोगका कार्यक्रमलाइ निरन्तरता दिदै आएका छन । यसैक्रममा समाजेवी कारर्जित समन्वयमा आइतवार पूर्व सासंद राज्यलक्ष्मी श्रेष्ठ, समाजसेवी रमिला श्रेष्ठ र अध्यापिका रष्मि अधिकारी सहितको टोलीले चेपाङ विधार्थी र उनहिरुका अभिभावकसमेतका लागि खाजा,लत्ताकपडा वितरण गरेका छन । प्रस्तुत सहयोगबाट त्यस क्षेत्रका चेपाङ समुदायमा नभइ आसपासका वासिन्दा समेत लाभाम्वित भएका छन ।
हुनत यसरी सहयोग गर्नु आफैमा महत्वपूर्ण पक्ष हो । तर सहयोगले आशा र परनिर्भरतालाइ प्रशय दिने भएका कारण चेपाङ समुदायलाइ ससक्त बनाउने हो भने स्वस्फुर्त रुपमा जागरुक बनाउँनुको विकल्प नभएको त्यस अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व माननीय श्रेष्ठले तत्कालालइ आफ्नो तहबाट सक्दो सहयोग गर्ने समेत बताए ।
बत्ती मुनीको अध्यारो भने जस्तै राज्यको तर्फबाट चेपाङ आवास कार्यक्रम लगायतका थुप्रै कार्यक्रम सञ्चालमा ल्याएका छन, तर ती सुविधा ति चेपाङले पहुँचको अभावमा भोग गर्न नपाएको बताउँछन । यहाँसम्मकी समयमानै वृद्धभत्ता समेत चेपाङ ज्येष्ठ नागरिकहरुले पाउँन नसकेको हामीसंगेको भेटमा गुनासो गर्दै भनिन के गर्नु यस्तै छ यहाँको चलन । त्यस्तै सानै उमेरमा विवाह हुनु वालबच्चा पनि वग्रेल्ती हुनु, आयस्रोतको प्रमुख आधार भनेकै ज्याला मजदुरी र प्राप्त ज्यालामजदुरी पारिवारिक भरणपोषमा भन्दा पनि मदिरा सेवनमा खर्चिनु यहाँको मुल समस्या भएको स्थानीय अन्य समुदायका एक् नागरिकको अनुभव समेत हामीले संग्लाल्ने अवसर पायौ ।
Add Comment