विविध

आर.वि कम्प्लेक्समा पार्किङको नाममा दिन दाहदै लुट आंतक

काठमाडौ २५ माघ . राजधानीको पाकोस्थित आर.वि कम्प्लेक्समा सामान खरिद गर्न जाने जो कोहि ग्राहकको पनि त्यहाँस्थित पार्किङ शुल्क संकलनका लागि बसेका गार्डसंग ठाकठुक पर्नु कुनै नौलौ विषय नहुन सक्छ । उक्त कम्प्लेक्समा पैदल यात्रु वाहके कुनै पनि सवारी प्रवेस गर्योकी त रु २० बुझाउँनु पर्ने बाध्यता सिर्जना गरिएसंगै गार्ड मोटरसाइकल लगायतका सवारीधनीवीच ठाकुठुकको अवस्था मात्र नभइ हातापाइको अवस्था समेत सिर्जना भएको हो ।
उपभोक्ता एवम् सेवा मैत्री भनिएको आरवी कम्प्लेक्सले पार्किङको नाममा गर्दै आएको लुट आंतकले आज भोली त्यस कम्प्लेकसमा जाने ग्राहकरु हैरानीमा परेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै ल ठिक छ पार्किङ गरेवापट पार्किङ शुल्क लिनु अन्यथा भन्न नमिल्ला तर पार्किङ गरेको ६० मिनेट अर्थात १ घण्टाको २० रुपैया शुल्क लिने सो कम्प्लेक्सले १ घण्टा २ मिनेट मात्र भएपनि रु ४० अर्थात २ घण्टा वरावरको शुल्क लिने गरेको उपभोक्ताको गुनासो रहेको छ ।
अझ रमाइलो कुरा त शुल्क भने कम्प्लेक्स लाइ तिर्नु पर्ने अनि आफ्नो सवारी साधनको सुरक्षा पनि आफैलाइ गर्नुपर्ने यो कस्तो नियति हो कम्प्लेकसको ? उपभोक्ताले शुल्क के को लागि तिर्ने हो आफ्नो सवारी साधन सुरक्षित होस भनेरनै त हो भन्नुमा कसैको दुइ मत नहोला तर कम्प्लेकस व्यवस्थापनले प्रर्दशन गर्दै आएको गैर जिम्मेवार प्रवृतिको नियमन गर्ने कसले हो आज जनजन जान्न चाहन्छ । गार्डलाइ भन्यो भने अर्ना भैसीले वोले जस्तो गैर जिम्मेवारी जवाफ दिदै व्यवस्थापन लाइ देखाउँछन अनि सूचना टाँगेर पार्किङ शुल्क भने संकलन गर्ने सेवाग्राहीको साधनको जिम्मेवारी नलिने यो कस्तो नियति हो कम्प्लेक्सको ? यसैवीच प्राप्त जानकारी अनुसार पाकिङमा राखेको मोटरसाकइल ढलेर सिसा फुटुदा वा गाडि कोरिडा त्यसको हर्जाना वा जिम्मेवारी नलिने अनि शुल्क भने अनिवार्य यो त दिन दाहदै लुट आंतकको पराकाष्ठा भएको जिकिर गरिएको छ । त्यस्तै ताके परे तिवारी नत्र गोतमे भने जस्तै शुल्क लिएपछि सकभर रसिद समेत नदिने गुनासो उपभोक्ताको गरेका छन ।