विविध

जनप्रतिनिधि आएको अनुभुत र समय सुहाउँदो कार्यक्रम सञ्चालन गर्ने : भद्रपुर नपा प्रमुख

भद्रपुर, २७ माघ । भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठले नागरिकको आर्थिक जीवनलाई सुधार गर्ने देखी स्वास्थ्य सुरक्षासम्मका योजनालाई निर्माणलाई रचनात्मक एवम् गुणस्तरिय बनाउने बताए । नागरिकलाई जनप्रतिनिधि आएको अनुभुत गराउन समय सुहाउँदो कार्यक्रम सञ्चालन गर्ने बताउदै जिल्ला समन्वय समिति झापाले भद्रपुर नगरपालिकाको स्थलगत अनुगमनका क्रममा नमुना स्थानीय सरकार बनाउने योजना श्रेष्ठले सुनाएका हुन् ।
कार्यक्रममा उपमेयर चन्द्रमाया श्रेष्ठले कानुन शाखा नरहेकोले न्यायिक कार्य सम्पादनमा समस्या रहेको गुनासो गरिन् । कार्यक्रममा मेयर जीवनकुमार श्रेष्ठले सवल भद्रपुर नगर निर्माण गर्न व्यापक स्रोत परिचालन गरेर अधिकतम उपलब्धिमा जाने योजना रहेको बताए । नमुना नगरका आधारभूत कामको आवश्यकता नै पहिलो प्राथमिकतामा राखेको प्रष्ट पारका थिऐ ।
स्थानीय तह अनुगमन कार्यक्रम अन्र्तगत समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्व टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा समितिले ७ वटा प्रमुख सूचक निर्धारण गरी नगरमा निर्वाचित नेतृत्वले नगर प्रशासन संम्हालेयता भए गरेका कामहरु बारेमा जानकारी लिइएको थियो । संघीय अधिकार अनुसार हुनु पर्ने काम भए नभएको, काम गर्न सहजता वा अप्ठेरो जस्ता पक्षमा नगरका कार्यपालिकामा रहेका प्रतिनिधिहरुसँग सवाल जवाफ समेत गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले नगरपालिकाका हालसम्मका प्रमुख कार्य तथा गतिविधिहरु प्रस्तुत गरेका थिए भने वडाध्यक्षको तर्फबाट ५ नम्वरका वडाध्यक्ष बन्धु कार्कीले सघन शहरी विकास अन्र्तगत भइ रहेको सडक विस्तारका कामहरुको गुणस्तरमापन गर्न नगरपालिकाको ल्याव नरहेको फाइदा उठाउँदै निर्माण ठेकेदारले गुणस्तरहिन काम गरिरहेकोमा चिन्ता व्यक्त गरे । उनले जिल्ला समन्वय समितिले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
जिल्ला समन्वय अधिकारी खेमराज ओझाले कर्मचारीको नेतृत्वबाट राजनीतिज्ञको जिम्मामा आएको स्थानीय तह समृद्ध बन्न सपना पाल्ने नेतृत्वको आवश्यकता रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले नमुना स्थानीय तहका लागि जुट्न आग्रह गरेका छन् । समन्वय समतिले स्थानीय सरकार सञ्चालनका लागि अनुगमन एवम् सहजीकरण अभियान नै थालेको छ । यसअघि समन्वय समितिले कमल गापा र दमक नगरपालिकाको अनुगमन गरिसकेको छ ।