स्पोर्ट-मनोरञ्जन

मोरङ फाइनलमा

पाँचथर, १४ पुस । मोरङ ११, पाँचथरको फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम दुईमा पुगेको हो । झापाका तर्फबाट पहिलो हाफको २३ औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए । यस्तै मोरङका अशोक खवासले दोस्रो हाफको ३७ औँ मिनेटमा गोल फर्काएपछि एक एकको बराबरीमा पुगेको खेलमा त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । पेनाल्टी सुटआउटमा मोरङले ५ का विरुद्ध ६ गोल गरेको थियो । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोरङका अशोक ‘म्यान अफ दि म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत आगामी आइतबार हुने फाइनलमा आजको विजयी मोरङ र सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।