स्पोर्ट-मनोरञ्जन

मशहूर अभिनेता कादर खान ८१ वर्षको उमेरमा कनाडामा निधन

मुम्बई । अभिनेता तथा मशहूर हास्य अभिनयका बादशाह कादर खान कनाडाको एक अस्पतालमा निधन भएको छ । कादर खान धेरै दिन देखी बीमार थिए । केही दिन अघी मात्र उनलाई सांस फेर्न गाह्रो भएपछि उनलाई वेन्टिलेटर द्यक्ष्एब्ए मा राखीएको थियो ।
बालिवुडका दिग्गज अभिनेता कादर खान ८१ वर्षको सोमबारका दिन उमेर निधन भएको छ । लामो समयदेखि उनको कनाडाको एक अस्पतालमा इलाज चलिरहेको थियो । कादर खान अन्तिम पटक २०१५ मा प्रदर्सित ’दिमाग का दही’ नामक चलचित्रमा देखिएका थिए । कादर खानलाई प्रोग्रेसिव सुप्रान्यूक्लीयर पाल्सी डिसआर्डर नामक शिकायत रहेको थियो जसको कारण उनको दिमागले काम गर्न बन्द गरेको थियो भन्ने कादर खानका छोरा सरफराजले बताए ।
कादर खानको जन्म २२ अक्टूबर १९३७ हाल पाकिस्तानको काबुलमा भएको थियो । उनले १९७३ सालमा प्रर्दशित राजेश खन्नाद्वारा अभिनित ‘दाग’ चलचित्रबाट अभिनय करियरको शुरुवात गरेका थिए । दाग चलचित्रमा अभिनय गर्नु भन्दा पहिला खानले रणधीर कपूर र जया बच्चन अभिनित ‘जवानी दिवानी’ चलचित्रका लागि संवाद लेखेका थिए । त्यपछि पटकथा र लेखकका रुपमा खानले मनमोहन देसाई र प्रकाश मेहरासंग अनगिनत चलचित्रको लागि लेख्ने काम गरे ।

अभिनेता कादर खानले मनमोहन देसाइसंग मिलेर ‘धर्म वीर’, ‘गंगा जमुना सरस्वती, ‘कुली’ ‘देश प्रेमी’, ’सुहाग’ ‘अमर अकबर एंथनी’ र मेहरासंग ‘ज्वालामुखी’, ‘शराबी’, ‘लावारिस’ र ‘मुकद्दर का सिकंदर’ जस्ता चलचित्रहरु लेखेका थिए । खानले ‘कुली नंबर १’, ‘ मैं खिलाड़ी तू अनाड़ी’, ‘कर्मा’ ‘सल्तनत’ चलचित्रको समेत संवाद लेखेका थिए । उनले लगभग ३०० चलचित्रहरुमा अभिनय गरेका थिए भने २५० भन्दा पनि धेरै चलचित्रका लागि संवाद लेखेका थिए ।