Uncategorized

सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध

ओखलढुङ्गा । ओखलढुङ्गा र सोेलुखुम्बुको सिमानामा पर्ने ठाडे–पत्तालेमा बाक्लो हिउँ जमेका कारण सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध भएको छ । हिउँका कारण अवरुद्ध सडक सञ्चालन भएको तीन दिन नबित्दै फेरि हिउँ परेपछि सडक अवरुद्ध भएको हो । हिउँ सिसाझँै जमेका कारण सवारी सञ्चालनमा समस्या आएको चालक सुवास खड्काले बताउनुभयो । निरन्तर बर्सात र हिउँ पर्न थालेपछि सोलुखुम्बु हिँडेका दर्जनौँ यात्रुवाहक तथा मालवाहक सवारी साधन ठाडे बजारमा थन्किएका छन् । बीच बाटोमै सवारी रोकिएपछि यात्रु अलपत्र परेका छन् । हिउँमा पानीको मात्रा धेरै भएका कारण सवारी साधन नचलाउन स्थानीय प्रशासनले सचेत गराएको छ । ठाडे र पत्ताले क्षेत्रमा करीब चार फिटसम्म हिउँ जमेको छ ।