भक्तपुर । सूर्यबिनायक नगरपालिका–७ गुण्डुस्थित वडा कार्यालय अगाडि राखिएको नागरिक बडापत्र च्यात्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिकाका ३६ वर्षीय निशान थापामगर रहेको प्रहरीले जनाएको छ । नागरिक बडापत्र च्यातेर फोहोर फाल्ने डस्टबिनमा जलाएको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
समाचार स्रोतका अनुसार अध्यक्ष लगायत जनप्रतिधिहरु वडाकार्यालयमा समय नदिने र आफ्नो निजिकार्यमा व्यस्त रहने कार्य भईरहदा साधारण जनताको कामहरु समयमा समाधान हुन नसक्ने, साधारण जनताहरुले सदा दुख सास्ति भोगी रहनुले नै यस्तो परिस्थिति उत्पन्नहुन गएको सर्वसाधारणको बुझाई रहेको छ ।
Add Comment