गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

Post Views: 1
गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
ADVERTISEMENT

बैतडी । गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताउनुभयो । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।

पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । गहुँबालीमा फौजी कीराले आक्रमण गरेको विषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । ३५० हेक्टरमा लगाइएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजी कीराको प्रकोप देखिएको हो ।

गहुँबालीमा फौजी कीराको प्रकोपका विषयमा कृषि प्राविधिकहरुले अध्ययन गरेर माथिल्लो निकायमा पठाइसकेका छौँ उहाँले भन्नुभयो “गहुँमा बाला लाग्ने समयमा फौजी कीराको प्रकोप देखिएकाले नियन्त्रण गर्न भने निकै कठिन हुनेछ” गहुँ फल्ने मुख्य खेतमा फौजी कीराको प्रकोप देखिएकाले यो वर्ष गहुँ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । गहुँको उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको बीउ वितरण गरेको थियो । बैतडीमा २१ हजार ९०० हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ ।-रासस

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT