राजविराज । सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महीना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पु¥याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ । हप्ताको मङ्गलबार र शनिबार बाहेक पाँच दिन काठमाडाँंैबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलायन्सले पछिल्लो समय नियमित उडानमा दुई दिन कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी जम्मा तीन दिन मात्र उडान गर्ने गरेको श्री एयरलायन्सले जनाइएको छ ।
श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि कुनै जरुरी कामको लागि काठमाडौँ जानुपर्ने अवस्थामा समयमा जान नसकिने भएकाले समस्या हुने गरेको पत्रकार श्रवणकुमार देवले गुनासो गर्नुभयो । लामो सयमपछि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले आफ्नो सेवा दिँदै आएको बेला यसरी नियमित उडानमा कटौती गरेपछि यात्रु मर्कामा परेका छन् । श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि विशेष कामका लागि काठमाडौँ जानका लागि राजविराजबाट माइक्रोबसमा चढेर करीब ९० किलोमिटर विराटनगर विमानस्थलमा पुगी काठमाडाँैलगायत अन्य ठाउँमा जानुपर्ने अवस्था रहेको देवले बताउनुभयो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का कृष्णाकुमार मण्डलले पनि श्री एयरलायन्सले नियमित उडानमा दई दिन कटौती गरेको उडानमा समेत समयमा नउड्ने र कुनै दिन उडान नै रद्ध गर्ने गरेको कारण पनि यात्रु समस्यामा परेको गुनासो गर्नुभयो । श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेयता सप्तरीवासीमा निराश देखिएको जानकारी दिँदै राजविराज विमानस्थलबाट हप्तामा सातै दिन उडान हुनुपर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका स्थानीय नेता गजेन्द्रकुमार मण्डलले माग गर्नुभयो ।
श्री एयरलायन्सको विमान मर्मतमा रहेकाले राजविराज विमानस्थलमा नियमित उडान सेवा कटौती गर्नुपरेको श्री एयरलायन्सका स्टेसन म्यानेजर सुरेश मल्लिकले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुुको सङ्ख्या बढेपछि मात्र उडान थप गरिने बताउनुभयो । यसअघि आइतबार, बिहीबार गरी जम्मा पाँच दिन यहाँ श्री एयरलायन्सले नियमित उडान गर्ने गर्दथ्यो तर अहिले यात्रुको अभाव देखाउँदै उडानमा कटौती गरेको स्थानीयवासीको भनाइ छ ।
सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उपप्रधानमन्त्रीसमेत रहनुभएका सप्तरी क्षेत्र नं–२ का सांसद उपेन्द्र यादव, पूर्वमन्त्री एवं राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवसहित व्यक्तित्वको टोलीद्वारा २०७५ जेठ १० गते उद्घाटन गरिएको थियो ।
उद्घाटनपछि राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ यात्रु क्षमता भएको जहाजको परीक्षण उडान २०७५ जेठ १ गते नै गरिएको थियो । श्री एयरलायन्सले असारबाट आफ्नै नियमित उडान राख्ने जनाइएका थिए । श्री एयरलायन्सले राजविराजबाट काठमाडाँै २५ मिनेटको समयावधि रहने यो फ्लाइटको सस्तो भाडादर न्यूनतम रु तीन हजार ५०० र अधिकतम रु छ हजार २०० तोकेका थिए । विसं २०१६ मा तत्कालीन यातायातमन्त्री स्व गणेशमान सिंहद्वारा राजविराज विमानस्थलको शिलान्यास गरिएको थियो । यो विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग रहेको छ ।
नागरिक उड्डययन मन्त्रालयद्वारा रु ३० करोड ३० लाखको लागतमा राजविराज विमानस्थल निर्माण गरिएको थियो । सो क्रममा विमानस्थलको ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो । राजविराज विमानस्थलको निर्माण कार्य सम्पन्न र नियमित उडानले सप्तरीवासी खुशी भएका थिए तर अहिले नियमित उडानमा श्री एयरलायन्सले कटौती गरेपछि यहाँको जनतामा निराशा छाएको राजविराज नगरपालिका–३ का मुकेश यादवले बताउनुभयो ।
Add Comment