भक्तपुर । भक्तपुर नगरपालिका–४ को नासमना टोलमा ८२ वर्ष अघि स्व।पं।केदारनाथ झा, स्व।रत्न लाल सैजु र स्व।लोकमान सैजु लगायतले आ–आफ्ना स्वआर्जनले २ तले भजनघर निमार्ण गर्नु भएको थियो । भजनघरको पूर्वतिरको एक तलाको लङ्गमा दायाँ बायाँ राधा, रुकमणी र विचमा श्री कृष्णको सुन्दर मुर्ति स्थापित गराउनु भएको थियो । त्यस्तै पश्चिमतिरको लङ्गमा रास भजन गरिने जसलाई श्याम सुन्दर रास भजन नामाकरण गरिएको थियो ।।
२०७२ सलको भुकम्प पश्चात भत्केर जिर्ण भजनधरको स्थानमा टहरा स्थापना गरि प्रत्येक दिन विहान मुर्तिहरुको पुजा र भजन–कृतन गर्नेकार्य नियमितरुपमा स्थानियहरुद्वारा गरिदै आएरहेको थियो ।
२०७२ सलको भुकम्प पश्चात भत्केर जिर्ण भजन धर स्थानिय टोलवासीहरुले पुरातन सांस्कृतिक धरोहर नाश हुने आशंकामा स्थानिय टोलवासीको पहलमा सो भवन नयाँ निर्माणका लागि डा। ईन्दुल के।सीको अध्यक्षतामा एक निर्माण समिति गठन गरेको थियो । सो निर्माण समितिले भक्तपुर नगरपालीकावाट १ करोड २५ लाखको लागत तयार गरि सो को नक्सा समेत नगरपालीकाबाट स्वीकृति गराएको थियो । साथै संस्कृति तथा पर्यटन मंत्रालय अन्तर्रगत पुरातत्व विभाग दरवार हेरचाह अड्डा भक्तपुरवाट निर्माण गरि दिने निर्णय गराई सो वमोजिम टेन्डर आव्हान समेत गरेको थियो ।
हाल उक्त भजन घर रु ९३ लाखमा ४ तले भवन निर्माण गरिने स्वीकृति दिई हाल निर्माण हुदैछ । नयाँ वर्ष ०७६ साल आषाड मसान्तसम्म १ तला निर्माण भैसक्ने भनाई टेन्डरवालाको रहेको छ । अब भजन घरको नयाँ भौतिक संरचना समयमा नै बनेर सम्पन्न हुनेम त्यहाका टोलवासीहरु विश्वस्त बनेका छन् । उक्त भजनघर निर्माण कार्य सम्पन्न पश्चात सांस्कृतिक तथा पर्यटन मन्त्रालय अन्तर्रगतको संरक्षणमा रहने जनाईएको छ ।-यज्ञबहादुर कार्की
Add Comment