Uncategorized

प्रधानन्यायाधीश जवरा विरुद्ध लगाइएको महाअभियोको प्रस्ताव गलत : अध्यक्ष ओली

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा विरुद्ध लगाइएको महाअभियोको प्रस्ताव गलत भएको बताएका हुन ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको प्रस्तावका विषयमा एमालेले हतारकम निर्णय नलिने समेत जानकारी दिए । अध्यक्ष ओलीले स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा प्रधानन्यायधीश विरुद्धको महाअभियोग भएको चर्चा गरे । अध्यक्ष ओलीले सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रस्ताव दर्ता हुनुमा गम्भीर षड्यन्त्र लुकेको बताए ।