समाचार

मन्त्रीमण्डल हेरफेर विषयमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की

काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठाडै अस्वीकार गरेका छन् ।

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरेलगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकि थिईन् । ‘हामीलाई किन हटाउनु प¥र्याे, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न सँगसँगै अन्य काम पनि भईरहेका छन, राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबरहो भन्दै नेपाल समक्ष मन्त्री झाँक्रीको आक्रोश गरेकि स्रोतले बताएको छ ।

त्यस्तै पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राख्दै ‘एकजना महिला पनि सिफारिस भएका छैनन, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ? आलेको भनाई थियो । आलेले आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने जनाएको छ । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालको भनाई थियो ।