काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज भारत जान लागेका छन्।
लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिरमा पूजाअर्चना गर्न जान लागेको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सचिवालयका अनुसार यो भ्रमण पूर्णतः निजी तथा तीर्थाटनका लागि तय गरिएको हो। भ्रमणका क्रममा उनले उक्त धार्मिक स्थलहरूमा दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
लामिछानेको भारत भ्रमण तीन दिनको हुने सचिवालयले जनाएको छ।