प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका पाँजना नया मन्त्रीहरुको नियुक्ति

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका पाँजना नया मन्त्रीहरुको नियुक्ति

काठमाडौं । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ आज गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले हिजै मात्र पदबाट राजीनामा दिएका थिए ।

एकीकृत समाजवादीबाट नव नियुक्ति पाउनेहरुमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । नव नियुक्त मन्त्रीहरुको राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजेका लागि शपथको तयारी भएको छ ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply