काठमाडौं : सोमबार राति बसेको जसपा कार्यसमितिको बैठकले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवलाई नयाँ नाम सिफारिस गर्ने अधिकार दिएको कार्यकारी सदस्य मृगेन्द्रकुमार सिंहले जानकारी दिए । राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र राईसयप्रसाद यादव मन्त्री रहेकाछन् । चारैजनालाई फिता बोलाईने छ ।
जसपामा महत्वपूर्ण निर्णय गर्दा राष्ट्रपति यादव, संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अशोक राईलाई अख्तियार दिइएको थियो । तर, सोमबार राति यादवको पार्टीका नेताहरुको बैठक बसेर सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको थियो ।
एकीकृत नेकपा (माओवादी)ले मन्त्रीहरूलाई हेरफेर गरेलगत्तै मन्त्री फेर्नुपर्ने आवाज उठेको थियो । मोहम्मद इश्तियाक राई लगायतका नेताहरुको छुट्टै भेलाले मन्त्री परिवर्तन गर्न नेतृत्वलाई दबाब दिइरहेको थियो । त्यही अनुसार यादवले अब यस्तो निर्णय गरेका बताईएको छ ।
Add Comment