अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी पुराः प्रधानमन्त्रीले उद्घाटन गर्ने

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि संचालनमा आउने भएको छ । संचालनमा आउने विमानस्थलको भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् ।

विमानस्थल उद्घाटन समारोह–कार्यक्रम व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाले लिएको छ । महानगरले शनिबार पत्रकार सम्मेलन गदै उद्घाटन समारोहलाई भव्य बनाउने जनाएको छ। पत्रकार सम्मेलनमा महानगरका प्रमुख धनराज आर्चायले उद्घाटन समारोहमा व्यापक जनसहभागिता होस भन्ने उदेश्यले महानगरपालिकासँगै अन्तर्गनका कार्यालय, विद्यालय एंव शैक्षिक संस्थाहरु समेत आइतबार बन्द रहने जानकारी दिए ।

स्वदेशी कम्पनी बुद्ध एयरले विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ । बुद्धले भारतका तीन सहरमा उडान गर्ने तयारी गेरेको छ । बुद्ध सगै हिमालयन एअरलाईन्सले समेत अन्तराष्ट्रिय उडानका लागि कुरा गरिरहेको गौतमले जानकारी दिए । यसै गरि जजीरा, थाइ स्माइल, कतार एअरवेज र फ्लाई दुबईले उडानका लागि क्यानसँग कुरा गरेको र उनीहरुसँग नियमित कुरा भइरहेको उनले बताए ।