अर्थ-स्वास्थ्य

विधेयक पारित भएसँगै मिटरब्याजी पीडितहरुमा खुशियाली

राजविराज । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याजीपीडितले मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन् । मिटरब्याजीपीडित संघर्ष समितिको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिराहा, बारा, पर्साका पीडितहरूले र्याली निकालेका छन् ।

सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरूले माग पनि गरेका छन् । संघर्ष समितिका मधेस प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजसम्बन्धी विधेयक पास हुनु मिटरब्याजपीडितको ठूलो सफलता भएको बताए ।