अर्थ-स्वास्थ्य

सामुदायिक विद्यालयमा ‘ए प्लस’ग्रेड ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि, सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

काठमाडौं । यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ‘ए प्लस’ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा सहभागीहुन आवेदन दिएका३ हजार ९४३ छात्रछात्रा मध्ये ८५ (२.१६%)जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘ए प्लस’ग्रेड ल्याएका छन् । आवेदक मध्ये गएको बर्ष १२५ (३.१७%) जना गयल भएभने यस बर्ष ५० (१.२३%)जना गयल देखिए । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुनथालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ ।

गएको बर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जनाथियो । यस बर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गएको बर्ष ६९७(१७.६८%) जनाले ‘वीप्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५%) जनाले ‘बीप्लस’ ग्रेडल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष ‘वी’ल्याउने विद्यार्थीको संख्या ९६६(२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।

गएको बर्ष १००४ (२५.४६%) को ‘सीप्लस’ ग्रेड आएको थियो । यस बर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ । महानगर भित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

शैक्षिक सुधार कसरी भयो? जिज्ञासाको उत्तरमा महानगर पालिकाका प्रमुख बालेन्द्र साह (बालेन) भन्छन, ‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन ग¥यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन ग¥यौँ । उनहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठा भित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’

उनिथप्दै भन्छन्, ‘९० जना शिक्षकलाई १० घन्टे आइसीटी इनएजुकेसन तालिम प्रदान ग¥यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिपविकास, शिक्षकको विषयगत क्षमताविकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’

महानगरपालिकाले विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा जोड दिएपछि विद्यार्थीहरु पढाइमा थप रुचि राख्नथाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हबबनाएर शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षाफलमा बिम्बित भएको छ ।