अर्थ-स्वास्थ्य

खरिद सम्झौताविपरीतका सवारी साधन उपलब्ध गराउने बोलपत्रदाता सिप्रदी ट्रे्डिङ्लाई कालो सूचीमा राख्न शिफारिस : कामनपा

काठमाडौँ । सिप्रदी टेडिङ्लाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता टे«डिङ्ले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता नविन मानन्धरले कालोसूचीमा राख्न शिफारिस गरिएको जानकारी दिए ।

हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि महानगरपालिकाले २०८० वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो । यसमा सिप्रदी ट्रेडिङ प्रा. लि. सफल बोलपत्रदाताको रुपमा छनोट भयो । यसबमोजिमका सवारी साधनहरु गएको माघ १७ गते महानगरपालिकालाई प्राप्त भएका हुन् ।
बोलपत्रसम्बन्धी कागजातको स्पेशिफिकेसनमा सन् २०२२ मा उत्पादन भएको -Hydraulic Tipper Truck manufactured in 2022 AD or latest year suitable for operation under rough working condition operating altitude of 2000m. and related maximum temperature (-50c to 500c) उल्लेख छ । ब्लुबुकमा सबै सवारी साधनको उत्पादन मिति २०२२ लेखिएको छ तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको छ । २ वटा सवारी साधनको च्यासिसमा मात्र उत्पादन मिति २०२२ छ । यसबाट झुक्याएर सामान उपलब्ध गराउन खोजेको स्पष्ट हुन्छ । प्रवक्ता मानन्धरले बताए ।

बोलपत्रदाताले खरिद सम्झौताको सर्त र बन्देज परिपालन गर्नुपर्छ । यो कानुनी दायित्व हो । सम्झौता विपरीत कार्य भएमा त्यसको जवाफदेहिता बोलपत्रदाताको नै रहन्छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) को खण्ड (ख) अनुसार तथ्य बङ्ग्याएर वा झुक्याएर सार्वजनिक खरिद प्रक्रियामा कार्य गर्न नहुने व्यवस्था छ । यस्तो कार्य गरेमा सोही ऐनको दफा ६३ (१) (ग) बमोजिम बोलपत्रदातालाई ३ वर्ष सम्म कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुरुप महानगरपालिकाले अनुगमन कार्यालयलाई शिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।
महानगरपालिकाले प्रचलित कानुनबमोजिम अन्य कारवाही गर्न वातावरण विभागलाई निर्देशन दिने प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णय भएको छ ।

 

क्र.स. इन्जिन नं. च्यासिस नंं. कार्यालयमा सवारी प्राप्त भएको मिति
12M63892160

12M63892060

12M63892156

12M63891682

12M63892315

12M63892703

MAT388116M2R19139

MAT388116M2R19153

MAT388116M2R19154

MAT388116M2R19173

MAT388116N2R00684

MAT388116N2R00731

२०८०।१०।१७