अर्थ-स्वास्थ्य

अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय

काठमाडौं, असोज ३ । काठमाडौं महानगर पालिकाको टोलि अन्नपूर्ण न्यूरो अस्पतालमा फोहर व्यवस्थापन जाँच गर्दा अन्नपूर्ण न्यूरो अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको पाइएन । आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता देखिएन । बिनको रङ्ग संकेत फरक थियो ।

सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानीकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ, यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन । विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो । यससँगै पानी बगिरहेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा छ । भूमिगत तला पार्किङ् प्रयोजनका लागि हो ।