सिन्धुपाल्चोक, कार्तिक १३ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान, इन्जिनियर प्रशान्त अधिकारी ,जिसस सचिबालयका प्रेम कुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्र बहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरि आबश्यक कानुनी कार्बाही गरिने बताए । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले हरेक पटक सम्झाउँदा पनी अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले क्रसर उद्योगहरुमाथी स्थmगत अनुगमन गरी कानुन बिपरित गर्नेलाई कार्वाहीको दयरामा ल्याउँन बताए । उनले मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको स्पष्ट पार्दै प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने समेत बताए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको बताए । उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताए ।
सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्ड्रस्ट्रीज प्रालि बनदेउ क्रसर उद्योग र बच्छलादेबी एग्रीगेट क्रसर उद्योगहरुमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा उत्खनन गरिएको बालुवा सहित टिपर आबश्यक कार्बांहीका लागी नियन्त्रणमा ल्इिएको छ भने बच्छलादेबी एग्रीगेटका सञ्चालक इन्द्र राज गिरीले नदीबाट बालुवा निकाल्नका लागी २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडीयो र फोटो खिचेपछी फोटो नखिच्न र भिडीयो नबाउँन भन्दै पत्रकार नेत्र बस्नेत माथी अभद्र व्यबाहार समेत गरेका थिए ।
अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाएपनी बछलादेबीका सञ्चालक गिरीले भने नगरपालिकाको लापार्बाहीका कारण ठेक्का नलागेको, आफुले बुझाउँन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए ।
खोलाको अनुगमन गर्न पर्दैन भन्दै गिरीले बिभिन्न बाहाना बनाई अल्मल्याउँन खोजेपछी प्रजिअ र प्रहरी प्रमुख सहित खालामा स्थलगत अनुगमन गर्न गएपछी गिरी आक्रोसित बनेका थिए । सरकारले बर्षादको समयमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भएतापनी लुकीछिपी उत्खनन् गरेर सामान जम्मा गरेको र असार मसान्तसम्म रहेको मौज्दातको परिणाम नबुझाएर बाँकी भन्ने गरेका क्रसरहरुलाई कसरी कार्बाही हुन्छ हेर्न भने बाँकी रहेको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती, उद्योग तथा वाणिज्य कार्यालय र डिभिजन वन कार्यालयले पनि पटक–पटक क्रसर उद्योगहरू अनुमगन गरेका छन् । अनुगमनसँगै प्रतिवेदन तयार हुने भएपनि त्यसको कार्यान्वयन नहुँदा अवैध क्रसर भने निर्वाध चलिरहेका छन् । क्रसर तथा बालुवा प्रशोधन उद्योग वन क्षेत्रबाट दुई किलोमिटर टाढा, नदी–खोला किनाराबाट पाँच सय मिटर, चुरे क्षेत्रबाट पन्ध्र सय मिटर, गाउँवस्तीबाट दुई किलोमिटर र राजमार्ग क्षेत्रबाट पाँच सय मिटर टाढा सञ्चालनमा हुनुपर्ने उल्लेख छ ।
सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका कुनै पनि उद्योगहरूले यो मापदण्ड पूरा गरेका छैनन् । क्रसरले जथा भाबी नदीको बाहब परिबर्तन गराई सार्बजनिक स्थलमा आफुले निजी जस्तै जथाभाबी मेसीन लगाएर नदी जन्य पदार्थ बिक्री गर्ने गरेका कारण बस्ती जोखीममा परेको छन भने जता ततै पहीरो गएर खेती योग्य जमीन समेत काम नलाग्ने भई सक्दा पनी स्थानीय सरकार नदेखे जस्तो गरिरहेको छ ।
यस सम्बन्धमा वडा नं ११का वडा अध्यक्षलाइ सम्पर्क गर्दा पहीलो कुरा राजस्व बुझाउँन आउँनेलाइ राजश्व नबुझ्ने भन्ने कुरै हुँदैन बछला देबीका सञ्चालकले राजश्व बुझाउँनै आएको छैन यो झुटो भएको बताए भने कानुन बिपरित कार्य गर्ने जो कोहीलाई पनि कार्बाही गर्दा आफुले सहयोग गरेर कार्बाहीको लागी सहजता गरिदिने समेत बताए ।
Add Comment