अर्थ-स्वास्थ्य

नेपाल घरेलु तथा साना उद्योग महासंघमा पुग्ने पहिलो महिला बनिन् रिता ढकाल

काठमाडौं । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग मेसिनहरु नेपाल भित्रिएका छन् । ठुला र स–सानागरी चार हजार मुद्रण उध्धोगहरु सन्चालनमा रहेकोले मुद्रण उद्योगमा मात्र नेपालमा अरबौं लगानी भएको अनुमान छ। मुद्रण उद्योगमा प्रत्यक्ष रुपमा पचासौं हजार, अप्रत्यक्ष रुपमा २ लाखभन्दा बढीले रोजगारीको अवसर पाइरहेका छन् , जसमा महिलाले प्रत्यक्ष रुपमा २०औं हजारले रोजगारी गरीरहेको पाईन्छ । देशभरका मुद्रण व्यवसायीले वार्षिक अरबौं रुपैयाँ राजश्व राज्यलाई बुझाइरहेका छन् ।

साना मुद्रण उद्योगहरुमा घरेलु उद्योग ड्राइ कटिङ्ग , स्क्रिनप्रिन्ट, हाते काजग बनाउने, लेमिनेशन मेसिन, प्रि पोस्ट व्याण्डिङ्ग, प्लेट मेकिङ्ग मेशिन जस्ता मुद्रण सम्वन्धी व्यवसायहरु सञ्चालन भइरहेका छन् । यस्ता व्यवसायमा राज्यले लगानी अनुसारको प्रतिफल दिनुको सटो उल्टै निजी क्षेत्रबाट भइरहेको मुद्रणकार्यहरु सरकार आफैले गरिरहेको छ । सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तकहरु निजी क्षेत्रले छपाई गरिरहेकोमा हाल कक्षा १ देखि ५ सम्मका मात्र पाठ्यपुस्तकहरु मात्र निजी क्षेत्रले छपाउन पाउने गरि सरकारकै निर्णय सरकारले नै उल्ट्याएको छ ।

यस्ता उद्योगहरुको लगानीको उचित प्रतिफल पाउन र मुद्रण उद्योगको संरक्षण गर्नका लागि गोविन्द वहादुर मल्ल ‘गोठाले’ संस्थापक अध्यक्ष्यतामा २०३७ सालमा स्थापित भएको नेपाल मुद्रण उद्योग संघ इतिहासमा निकै लामो छ । सोही सस्था चक्रपथ बल्खु स्थित संस्थाकै नाममा रहेको जग्गामा सुविधा सम्पन्न भवन भएको नेपाल मुद्रण उद्योग संघको उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको नेतृत्व समाल्दै आएकी रिता ढकाल वस्तुगत संघबाट नेपाल घरेलु तथा साना उद्योग महासंघमा पुग्ने पहिलो महिला रहेकी छिन् । हुनत नेपाल मुद्रण उद्योग संघमा पनि पदाधिकारीमा पुग्ने पहिलो महिला पनि ढकाल नै हुन् । सोही संस्थाको प्रतिनिधिको रुपमा नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय नेतृत्वमा पुगेकी ढकाल विभिन्न सामाजीक सँघ संस्थामा आवद्धता का साथै २०५७ सालदेखि मुद्रण व्यवसायमा संलग्न हुँदै आएकी छिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको यही असार २१, २२ र २३ गते काठमाडौंमा भएको २६ औं राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय महिला उद्धमी सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने मुद्रण व्यवसायमा उनी पहिलो महिला हुन पुगेकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघमा हाल ८५४ जना केन्द्रीय प्रतिनिधि रहेका छन् । प्रत्येक जिल्ला, प्रदेश , संस्थागत तथा एशोसियटबाट केन्द्रीय प्रतिनिधिका रुपमा आएका मतदाताले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेतृत्व चुन्दै आएका छन् ।

यही असार २२ देखि २३ सम्म काठमाडौंमा भएको २६औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष शोभा गुरुङको अध्यक्षतामा ९७ जनाको कार्यसमिति चयन भएकोे छ । जस अनुसार वस्तुगत संघ तर्फवाट उद्योगी व्यावसायी मोहन कटुवाल उपाध्यक्ष पदमा निर्वाचित भए । सोही वस्तुगत संघबाट मुद्रण व्यवसायी रिता ढकाल दवाडी केन्द्रीय समितिमा निर्वाचित हुन सफल भएकी हुन् ।

२०४७ सालमा स्थापना भइ मूलुकमा लघु, घरेलु र साना उद्योगलाई संरक्षण गर्न, वहस पैरवी गर्ने उदेश्यले निजी क्षेत्रको छाता संगठनका रुपमा स्थापना भएकोले घरेलु तथा साना उद्यमीहरुको हकहितको संरक्षण गर्न, विद्यमान नीतिगत, कानूनी र कार्यान्वयन तहका विविध समस्याहरुको निराकरणका निमित्त सम्बन्धित निकायलाई निरन्तर उचित दवाव सिर्जना गर्ने उदेश्यले घरेलु तथा साना उद्योग व्यवसायी महासंघको स्थापना भएको हो ।

हाल महासंघका ७७ वटै जिल्ला, ७ वटै प्रदेश र ३४० भन्दा बढी पालिकास्तरमा संगठन विस्तार भएका छन् भने ३३ वटा वस्तुगत संघहरु महासंघको छातामुनि आवद्ध छन् । यसका अलावा एसोसियट सदस्य तथा सहकारी संघहरु र नवीकरणीय ऊर्जाको क्षेत्रलाई हेर्ने संघ संगठनहरु समेत महासंघमा आवद्ध छन् ।

२०४७ सालदेखि हालसम्म १० जना अध्यक्षहरुले नेतृत्व गरिसकेका छन् । जसमध्ये सस्थापक अध्यक्ष ओम वहादुर गुरुङ्ग छन् भने त्यसपछि क्रमश मोहन कृण श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, वासुदेव गिरी, पद्म प्रसाद पौडेल, आङ्ग देण्डी शेर्पा, लता प्याकुरेल, सुरेश प्रधान र श्यामप्रसाद गिरीले नेतृत्व गरिसकेका छन् । निवर्तमान अध्यक्ष उमेशप्रसाद सिंहको अध्यक्षतामा २६ औं राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । २०८३ साल असार २१ देखि २३ सम्म भएको २६ औं राष्ट्रिय महाधिवेशनबाट पुन गुरुङ नै प्रमुख नेतृत्वमा पुगेकी छिन् ।