अर्थ-स्वास्थ्य

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा रु ५,८०० र चाँदी रु १५५ ले सस्तो

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु ५,८०० ले घटेर रु २ लाख ८५ हजार ५०० कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५५ ले घटेर रु ४ हजार ३५० निर्धारण गरिएको छ। बिहीबार सुन प्रतितोला रु २ लाख ९१ हजार ३०० र चाँदी रु ४ हजार ५०५ मा कारोबार भएको थियो।

यसअघि बुधबार सुनको मूल्य रु २ लाख ९१ हजार र चाँदी रु ४ हजार ४८० रहेको थियो भने मंगलबार सुन रु २ लाख ८५ हजार ६०० र चाँदी रु ४ हजार ३७० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औँस ४,०४५ अमेरिकी डलर र चाँदी प्रति औँस ५७ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।