सुनको मूल्य फेरि ३ लाख रुपैयाँ नाघ्यो, चार दिनमै १७ हजार ९ सयले बढ्यो

सुनको मूल्य फेरि ३ लाख रुपैयाँ नाघ्यो, चार दिनमै १७ हजार ९ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यो अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो चार कारोबार दिनमा मात्रै सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँले बढेको छ। गत मंगलबार सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

गत मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँ रहेको थियो। पछिल्लो समय सुनचाँदीको मूल्यमा लगातार वृद्धि देखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply