आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ कति ?

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ कति ?

काठमाडौं । आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर प्रतिडलर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।

यस्तै, युरोको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४६ पैसा कायम भएको छ।

स्विस फ्रान्कको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ १६ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा कायम भएको छ।

क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा रहेको छ भने सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा कायम भएको छ।

त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा रहेको छ। यूएई दिरामको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा कायम भएको छ।

कुवेती दिनारको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा कायम भएको छ।

विदेशी मुद्राको विनिमय दर विभिन्न बैंकअनुसार फरक हुन सक्ने जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply