काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर एक करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन् ।
प्रहरीका अनुसार थापा मगरले सुनजस्तो देखिने पहेँलो धातु देखाउँदै विभिन्न व्यक्तिबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ रकम लिएको आरोप छ ।
उनलाई काठमाडौंको टोखा नगरपालिका–९ मिलन टोलस्थित एक गेस्टहाउसबाट भदौ २५ गते साँझ ६ बजे पक्राउ गरिएको हो । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनको साथबाट ८५६ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातु समेत बरामद गरेको छ ।
प्रहरीले ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । यस क्रममा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका थापा मगर यसअघि जबरजस्ती करणीसम्बन्धी कसुरमा कैदी रहेको र २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेको समेत खुलेको प्रहरीले जनाएको छ ।








Add Comment