झुट्टा विवरण पेस गरी नागरिकता लिएको आरोपमा श्रीमान्–श्रीमती पक्राउ

झुट्टा विवरण पेस गरी नागरिकता लिएको आरोपमा श्रीमान्–श्रीमती पक्राउ

दाङ । झुट्टा विवरण पेस गरी नागरिकता प्राप्त गरेको आरोपमा दाङमा एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–३, वसन्तपुरकी ४४ वर्षीया श्याम कुमारी यादव र उनका श्रीमान् कृष्ण बहादुर अहिर रहेका छन्।

प्रहरीका अनुसार यादवले करिब ११ वर्षअघि नै मृत्यु भइसकेका बुधराम अहिरलाई आफ्नो बुबा भएको विवरण पेस गरी नागरिकता लिएको आरोप छ। सोही घटनालाई नागरिकता सम्बन्धी कसूरअन्तर्गत अनुसन्धानका लागि दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय गढवा, दाङबाट खटिएको प्रहरी टोलीले भदौ १ गते साँझ ६ बजे पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत, घोराहीमा उपस्थित गराइएकोमा अदालतबाट नागरिकता सम्बन्धी कसूरमा ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

म्याद थपपछि उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply