सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा १ हजार ४५४ किलो ८७० ग्राम गाँजा फेला परेको हो।
गाँजासहित भोक्राहानरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र नियन्त्रणमा लिइएका यादवमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।