सिरहामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

सिरहामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन्।

शनिबार बिहान करिब ७ः३५ बजे रोजी मेडिकल नजिकै गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नरहा गाउँपालिका–३ का करिब ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, सोही स्थानका करिब ४५ वर्षीय साइकलयात्री राजातुल अंसारीको दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का करिब २५ वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply