उदयपुरमा घरायसी विवादले उग्र रूप लिँदा श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा

उदयपुरमा घरायसी विवादले उग्र रूप लिँदा श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी श्रीमती अन्दाजी ४५ वर्षीया बिमला राईको गर्दनमा धारिलो हतियार (सिकल) प्रहार गरेका थिए।

घटनापछि गम्भीर घाइते भएकी बिमलालाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। प्रहरीको टोलीले उनलाई अस्पताल पुर्‍याए पनि उपचारका क्रममा राति करिब १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना भएको केही समयपछि गन्दु राम राई आफैं अस्थायी प्रहरी पोस्ट माडिबास, उदयपुरमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply